कात्तिक ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना निकालेर चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक ठाउँमा होहल्ला तथा झैझगडा गर्ने, सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गर्नुभएको छ ।
यस्तै कानुनविपरित कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको सूचनामा उल्लेख छ ।
