• २०८३ जेष्ठ १० गते आइतवार

नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

खेलको २१ औं मिनेटमा एलेक्सजेण्डर ट्राजकोभस्कीको प्रहार पोस्टमा लाग्दा म्यासेडोनिया अग्रता बनाउन चुकेको थियो । तर, २४ औं मिनेटमा डोनवेल मालनको पासमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । ५१ औं मिनेटमा डिपेको पासमा विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए।त्यसपछि खेलको ५८ औं मिनेटमा विनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस