• २०८३ बैशाख ३० गते बुधवार

ललित राजवंशी लिए आयरल्यान्ड ‘ए’ को आठौँ विकेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौँ ।  ल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका ललितनारायण राजवंशीले आठौँ सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालका निमित ललितले १६.३ ओभरमा आयरल्यान्ड वुल्भ्सका ग्यारेथ लियम म्याकार्थीलाई एलबीडब्ल्यू आउट गरे ।

जारी खेलको १७ ओभर सकिँदा आयरल्यान्ड वुल्भ्सले आठ विकेट गुमाएर १०४ रन बनाएको छ । नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस