• २०८३ जेष्ठ ५ गते मङ्गलवार

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएपछि बैठक स्थगित भएको हो । बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएकोमा सत्ता पक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरुले विरोध गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस