• २०८३ जेष्ठ १ गते शुक्रवार

वाफ वुमन्स च्याम्पियनसिप : नेपाल ४-० गोलअन्तरले विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले शनिबार प्यालेस्टाईनसँगको खेलमा ४-० गोल अन्तरले विजयी भएको छ । यो जितसगैं साउदी अबरमा जारी प्रतियोगितामा नेपाल समूह विजेता बनेको छ ।

खेलको ४१ औं र ७९ औं मिनेटमा सावित्रा भण्डारी र ६० औ मिनेटमा रेखा पौडेलले गोल गरेका थिए भने थप समयमा डिएरिया भित्र सावित्रालाई फल भएपछि पाएको पेनाल्टीमा गिता रानाले गोल गरेकी हुन । दुवै टिम एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन्।

समूह एबाट जोर्डन समूह विजेता र लेवनान उपविजेता बन्दै सेमिफाइनल पुगिसकेका छन् । जोर्डन प्रतियोगिताको सर्वाधिक सफल टिम हो ।

Sharing

प्रतिक्रिया दिनुहोस