• २०८३ जेष्ठ ६ गते बुधवार

दुबई पटाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पटाइदिन्छु भनी रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मी जिल्ला मालिका गा.पा. वडा नं. ०६ घर भई हाल ललितपुर गोदावरी न.पा. वडा नं. ०२ बस्ने वर्ष ३२ वर्षिया विन्दु के.सी रहेकी छन्।

उनले अनिष कुमार दनुवारलाई वैदेशिक रोजगारीको लागि दुबई पटाइदिन्छु, त्यसको लागि तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि सिप गार्डमा काम लगाइदिन्छु, मासि सत्तरी हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी दुई लाख पचासी हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन्।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज विन्दु के. सी. को खोजतलास गर्ने क्रममा बिहीबार ललितपुरको गोदावरी न.पा. वडा नं. ०२ बाँडे गाउँबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस