• २०८३ असार ५ गते शुक्रवार

ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौँ। ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमो मर्जरपछि एकीकृत कारोबार सुरु गरेकोले मर्जरमा दिएको छुटानुसार लाभांशमा लाग्ने कर छुट हुने हुँदा कर प्रयोजनको लागि नगद लाभांशको भने व्यवसथा गरेको छैन ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस