• २०८३ जेष्ठ ६ गते बुधवार

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको क्लीन स्वीप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । बंगलादेशले बुधबार सम्पन्न दोस्रो टेस्ट खेलमा पाकिस्तानलाई ७८ रनले पराजित गरेको हो । बंगलादेशले दिएको ४३७ रनको लक्ष्य पछाएको पाकिस्तान ३५८ रन बनाएर अल आउट भएपछि बंगलादेशले खेल ७८ रनले खेल जितेको हो ।

यस खेलमा बंगलादेशले पहिलो इनिंगमा २७८ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा २३२ रन बनाएको थियो । त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा ३९० रन बनाएर पाकिस्तानलाई ४३७ रनको लक्ष्य दिएको थियो ।

यस खेलमा पहिलो इनिंगमा १२६ रनको शतकीय पारी र दोस्रो इनिंगमा ६९ रन बनाएका लिटन दास प्लेयर अफ द म्याच बनेका छन् भने सिरीजमा सर्बाधिक २५३ रन बनाएका बंगलादेशका मुशफिकुर रहिम प्लेयर अफ द सिरिज बनेका छन् ।

यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध २०२४ मा खेलेको दुवै टेस्ट जितेको थियो भने त्यसपछि खेलेको दुवै टेस्ट पनि जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस