• २०८३ बैशाख २६ गते शनिवार

साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो ।

पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस