लोकतन्त्रले सबै जनताको हक अधिकार सुनिश्चित गर्नुपर्छ
जनता र देशको बारेमा काम गर्न अझै अगाडी सर्नुपर्छ
देशका शिर सेता हिमालमा घुमेर मनमा आनन्द ल्याउनु छ
लोकतान्त्रिक संस्कारको सबैमा विकास हुनुपर्छ
स्वतन्त्र, स्वाधीन, सार्वभौम अनि स्वाभिमानी देश हो यो
मनमा राख्नु सबैले स्वतन्त्र राष्ट्र हो यो
यो देशको गौरवमय इतिहास र इज्जत छ
हिमालको काखमा रहेको देश सुन्दर छ
नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो
नेपाल देश सारा नेपालीको एकताले बनेको हो
हामीले नै हो लोकतान्त्रिक गणतन्त्र ल्याएको
सहिदको सम्मान गर्नु पनि हाम्रो काम हो
लोकतन्त्रले सबै जनताको हक अधिकार सुनिश्चित गर्नुपर्छ
जनता र देशको बारेमा काम गर्न अझै अगाडी सर्नुपर्छ
ठेगाना : दिपायल सिलगढी न.पा.२ दिपायल डोटी