पुस ५, बैतडी । बैतडीमा सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार घटनामा ट्याक्टरमा सवार मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्ट मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय अमृत चौधरी सामान्य घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
साघुँरो र कच्ची सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।