• २०८३ बैशाख ८ गते मङ्गलवार

आईसीसी विश्वकप लिग–२ : नामिबियासँग ४ विकेटले हार्‍यो नेपाल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो ।

नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । नेपालले दोस्रो खेल आगामी फेब्रुअरी १७ मा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ ।

Sharing

प्रतिक्रिया दिनुहोस