• २०८३ बैशाख ७ गते सोमवार

नामिबियाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेका छन्। उनले ५३ बलमा ५५ रन बनाएका हुन्।

हाल नेपालले नेपालले तीन विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए। त्यस्तै देव खनाल पनि शून्यमा आउट भए।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ। दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ।

नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस