• २०८३ बैशाख १३ गते आइतवार

आईसीसी विश्वकप लिग–२ क्रिकेट : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेपाल अहिले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो। पहिलो खेलमा नामिबियासँग पराजित नेपाल दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई ९ विकेटले हराउन सफल भएको थियो। उता नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

नेपाल र नामिबियाबीच एकदिवसीयमा ७ खेल भएका छन्। जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको छ। नेपालले आजको खेलमा टोलीमा एक एक परिवर्तन गरेको छ। आज गुल्शन झाको स्थानमा करण केसीलाई मौका दिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस