फागुन ९, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ ।त्रिभुवन विश्वबिधालय, किर्तिपुरकाे खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।

लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो ।
नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।