• २०८३ बैशाख ७ गते सोमवार

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन, एक दर्जन बढी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै एक दर्जन बढी पक्राउ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय प्रशासनले दुई महिनाअघि माइतीघर मण्डलासहित उपत्यकाका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस