कैलालीको एक आम सभालाई सम्बोधन गर्दै नेकाका महामन्त्री शशांक कोइरालाले “कांग्रेस एक ढिक्का भएर अगाडि बढन सक्यो भने अबका हरेक निर्वाचनमा जित सुनिश्चित भएको र कम्युनिस्टहरु समाप्त भएर जानेछन !” गरेका भाषणले के हामी यहाँ छौ भन्ने क्रान्तिकारी सर्वहाराको दुख चिन्तन हेर्ने बुझ्ने भनिएका कमरेडहरुको दिमागमा चश्का पसेको छैन होला? कम्युनिस्टका जिम्मेवार नेताज्तुहरु , काङ्रेस त यहि पर्खाइमा थियो र उ चाहान्थ्यो कि जुन दिन कम्युनिस्टको कलहको बिउ युद्द मैदानमा रोपिन्छ र पार्टी फुटको संघारमा पुग्छ त्यहि दिनदेखि काङ्रेस पार्टीको अन्तर्कलह साम्य भएर जानेछ ।
सन १९६२ सालतिर राजा महेन्द्रले नेपालको बोर्डर साइडमा भएका पोस्टबाट भारतीय सेना हटाएपछि भारतीय शासक नेहरु रिसाएर तात्कालिन प्रान्तीय प्रहरीमा कार्यरत केहि टुकडी नेपाली टोलीलाई बुटवल नजिकको बोर्डरमा मोर्चा लिन लगाए जुन नेपालकै बिरुद्वमा थियो । तर ती स्वाभिमानी केही नेपालीहरु देश र मातृभूमी भन्दा भारतको यो गुलामी जागिर कदापी ठूलो हुदै होइन भन्दै मोर्चा छोडेर सबैले राजिनामा दिएर नेपाल फर्किए ।
अन्य बैकल्पिक पार्टीहरुको अबस्था त्यति मजवुत नभएको र कम्युनिस्टका हांगामिगा झाङीएकाले पनि अबको बिकल्प हामी हौं भन्नु अस्वभाविक पनि होइन ! किनकि युद्द मैदानमा मोर्चा कसेर बसेका सिपाहीसंग मजवुत हतियार भएपनि उनीहरु आफैमा बैमनश्यता हुने र सहि सलामत तार्गेट छुट्याउन नसक्दा युद्द बिफल हुनु स्वभाविकै भएजस्तो अहिले क्स्म्युनिस्ट पार्टी नेकपाको स्थिति पनि त्यही नै हो । सन १९६२ सालतिर राजा महेन्द्रले नेपालको बोर्डर साइडमा भएका पोस्टबाट भारतीय सेना हटाएपछि भारतीय शासक नेहरु रिसाएर तात्कालिन प्रान्तीय प्रहरीमा कार्यरत केहि टुकडी नेपाली टोलीलाई बुटवल नजिकको बोर्डरमा मोर्चा लिन लगाए जुन नेपालकै बिरुद्वमा थियो । तर ती स्वाभिमानी केही नेपालीहरु देश र मातृभूमी भन्दा भारतको यो गुलामी जागिर कदापी ठूलो हुदै होइन भन्दै मोर्चा छोडेर सबैले राजिनामा दिएर नेपाल फर्किए । जस मध्यमा साक्षि मेरो स्व. पिताजी पनि हुनुहुन्थ्यो । हो , त्यहि देश भक्तिको भावना मेरो पिताजीले पनि समय समयमा सिकाइरहनुहुन्थ्यो र त मेरो मानसपटलमा देशभक्तिकै भावना सल्बलाइरहने भएकोले पनि होला सायद देशमा राजनीतिक स्थायित्व भयो भने आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण जरुर हुन्छ भन्ने चाहनाले गर्दा नै सदैब भनिरहन्छु, जनताले नेकपालाई दिएको मतको सदुपयोग गर्नको लागि नेतागणहरु नै सजग हुनुपर्यो न कि सडक आन्दोलनमा जानुपर्ने बाध्यताका कसीहरु नसमेटिउन ।
त्यसैले देश र जनता भन्दा ठूलो पद र कुर्ची हुदै होइन भन्ने भावना प्रत्येक राजनीतिक दलका नेता तथा कार्यकर्तामा हुने हो भने यो देशको परिवर्तन हुन कति नै समय लाग्ने थियो र ! त्यसैले भनिन्छ नि, “मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछोड्नु” “अघि चेते चेते नै पछि चेते होते नै” “भाई फुटे गवार लुटे” “हतारमा बिहे गरी फुर्सदमा पछुताउने” जस्ता नेपाली उखानले पनि हाम्रो समाजमा निकै प्रभाव पारेको देखिन्छ र त निर्वाचन आयोगले कि नयाँ पार्टी खोल होइन भने तिमीहरु फुट्न सक्दैनौ भनिरहँदा शशांक कोइराला महोदयको त्यो अमृतरूपी वचन बाणले त झन कम्युनिस्ट पार्टीका केहि नेताको मुटु नै छेडिएर चेत वावा काशी हुनुपर्ने होइन र ? कि अब पनि खोइरो खन्दै, पहिरोतिर लाग्ने ?