• २०८३ साउन ३१ गते आइतवार

रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३१, काठमाडौँ । एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधि रक्षा गर्न सफल भएका छन् ।

पुरुष तर्फ एपिएफका प्रिन्स दाहाल र एपिएफकै क्षितिज खनालबीच भएको खेलमा प्रिन्सले जित हात पारेका थिए । प्रिन्सले २१–१५, २१–७ को जित हात पारेका हुन् । यसका साथै प्रिन्सले लिगमा हारेको बदाला समेत लिएका छन् । प्रिन्सले ४८ हजार ५ सय मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने उपविजेता क्षितिजले ३० हजार मेडल। प्रमाण पत्र र ट्रफी प्राप्त प्राप्त गरे । पिस फिटनेश क्लबका बिष्णु कटुवाल र आर्मीका प्रफुल महर्जन संयुक्त तेश्रो भए । बिष्णुले नगद १२ हजार ५ सय, प्रफुलले नगद १४ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता महिला तर्फको उपाधी रक्षा गरेकी छिन् । आज सम्पन्न फाईनल खेलमा रसिलाले पुलिसकी शेस्ना श्रीपालीलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेकी हुन् । तृतीय स्थानमा पुलिसकी निता लम्साल र एपिएफकी रिहाना शेरचन रहे । रसिलाले नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । दोश्रो भएकी शेस्नाले नगद २८ हजार ५ सय र तृतीय भएका रिहाना सेरचन ले नगद १४ हजार र निता लम्सालले नगद १२ हजार ५ सय प्राप्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस