मंसिर ५, काठमाडौं । सुनको मुल्य आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मुल्य भने सामान्य घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।