• २०८३ बैशाख ९ गते बुधवार

साफ महिला च्याम्पियनशिपमा बङ्गलादेश र पाकिस्तान खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का बङ्गलादेश र पाकिस्तान खेल्दैछन् । खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा बङ्गलादेशको यो पहिलो खेल हो । पाकिस्तान पहिलो खेलमा भारतसँग ५–२ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपालसहित भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस