• २०८३ बैशाख १० गते बिहिवार

नेपालले अमेरिकालाई दियाे १ सय ७१ रनकाे लक्ष्य, कुशल भुर्तेल ९२ रनमा नटआउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाण्डाै । दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनकाे लक्ष्य दिएकाे छ । डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे ।

नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चाैका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नाेस्थुश केन्जिगेले समान २ विकेट लिए ।

तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।

याे टी–२० शृङ्खलापछि अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस