• २०८३ बैशाख ९ गते बुधवार

आईसीसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबयाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको हो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए । नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए । उनले एक चौका र २ छक्का हिर्काए ।

त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस