• २०८३ जेष्ठ ३ गते आइतवार

सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

केही दिनदेखि लगातार घटेको सुनको मुल्य आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस