कात्तिक २, काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका छ । नेपाली टोलीका अरु सदस्य अमेरिकामै छन् । नेपाली टोलीले अमेरिकासँग टी–२० सिरिज खेलिरहेको छ ।
तर भिसा नपाएका कारण सन्दीप भने क्यानडाबाट नेपाल आएका थिए । भिसा पाएसँगै उनी आजै बेलुकी अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ । अमेरिकाले टी–२० विश्वकपका बेला समेत सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यही कारण अमेरिकामा भएको विश्वकपका दुई खेल उनले गुमाएका थिए । तर बाँकी खेल खेल्न भने वेष्टइण्डिज पुगेका थिए ।