• २०८३ बैशाख ७ गते सोमवार

१५ लाख घुससहित समातिए बनेपा नगरपालिकाका वडाध्यक्ष

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। घर बाटो सिफारिस गर्ने बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। आयोगले वडाध्यक्ष बादेसँगै आएका कारचालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको छ। उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर बरामद भएको आयोगले बताएको छ।

कारसहित प्रधानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस