• २०८३ जेष्ठ २५ गते सोमवार

देउवाले बोलाए विपक्षी दलहरुको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक अहिले केहीबेरमै बस्ने बताइएको छ ।

देउवाले बैठकमा राप्रपा, जसपा नेपाल, जनमोर्चा र लोसपालाई बैठकमा बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ ।

यसअघि बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्ष र सत्तापक्षका सांसदबीच धकेला धकेलको अवस्था बनेपछि संसदमा तनावको अवस्था भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस