• २०८३ जेष्ठ २५ गते सोमवार

आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । आज राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजे देखि बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका रहेको छ ।

त्यस्तै आज बिहान ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा-सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस