• २०८३ बैशाख ६ गते आइतवार

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ ।

महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गर्नुभएका योजना तथा सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र यस प्रणाली वा इमेल mayor.sect@kathmandu.gov.np वा

महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस