• २०८३ जेष्ठ ४ गते सोमवार

बार्सिलोनालाई हराउदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौँ । पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो । बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ । डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गएराती नै ४-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को नतिजा सहित सेमिफाइनलमा पुगेको छ । पहिलो लिगमा एटलेटिको २-१ ले विजयी भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस