• २०८३ बैशाख १९ गते शनिवार

हङकङले नेपाललाई दियो सामान्य लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाडौं । हङकङ यु–१९ ले तीन खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको हो।

सात ओभर बलिङ गरेका सन्तोषले दुई मेडन लिँदै आठ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। दयानन्द मण्डलले दुई लिँदा अभिषेक तिवारी, सब्रिन श्रेष्ठ र अपराजित पौडेलको नाममा समान एक विकेट रह्यो।

हङकङका अब्दुल समादले अविजित रहँदै सर्वाधिक ५० रन बनाए। ९८ बल खेलेका उनले पाँच चौका प्रहार गरे।

यस्तै, कप्तान शिव माथुर २०, प्रित मांगुकिया ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

Sharing

प्रतिक्रिया दिनुहोस