• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले सुदूरपश्चिमलाई एक सय दुई रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन बनाएर अल आउट भयो ।

कर्णालीका जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । यस्तै विलियम बोसिस्टोले १६ र बाबर हयातले १३ रन जोडे । सुदूरपश्चिमका हर्मित सिंहले तीन

विकेट लिए । यस्तै स्कट कुज्जेलेजन र कप्तान दिपेन्द्र सिंंह ऐरिले समान दुई विकेट लिए । केहीबेरमा सुदूरपश्चिमले जवाफी व्याटिङ गर्दैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस