• २०८३ बैशाख ३ गते बिहिवार

भारतबाट दुई बालकको नेपाली बालकको उद्धार

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, धनगढी । नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो।

उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। उक्त सूचना पाएपछि भारत पुगेर बालकलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए।

भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्यूरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस