• २०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौँ । राष्ट्रिय सभाको बैठक अपराह्न ४: ३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १: १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस