भदौ ६, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले भेटवार्ता भएको छ । आइतबार अपरान्ह काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन ।

देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्। भेटमा चौथाइवाले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिदै देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको बालुवाटार स्रोतले जनाएको छ। उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बालुवाटार पुगेका हुन्।
चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्। उनले जनैपुर्णिमा र रक्षाबन्धनको शुभ अवसरमा देउवालाई बधाई पनि दिएको बताएका छन्।
