कात्तिक ३०, काठमाण्डौ । केही दिन अघिदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य एक लाख ६० हजार रहेको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलामा एक हजार नौ सय पाँच रुपैयाँ रहेको थियो ।