• २०८३ बैशाख २४ गते बिहिवार

कर्णालीलाई हराउँदै एपीएफ एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौँ ।  एन्फा महिला लिग फुटबलमा आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६–० गोलले हराएको हो ।

एपीएफका लागि रश्मीकुमारी घिसिङले २ तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।

यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्समै बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दैछन् । चन्द्रपुर चार खेलमा पाँच अङ्कसहित छैटौं र बाग्मती युथ क्लब चार खेलमा तीन अङ्कसहित आठौं स्थानमा छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस