• २०८३ जेष्ठ ३१ गते आइतवार

“भदौ २४ पछि शेरबहादुर देउवा ‘प्रधानमन्त्री हैन, बुख्याचा’ हुनेछन्” : नेता बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउन २२, ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौ २४ पछि प्रधानमन्त्री नभई किसानले चराचुरुङ्गी तथा जंगली जनावारबाट खेती बाली बचाउन प्रयोग गर्ने बुख्याचा हुने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल गोदावारी नगरकमिटीले आयोजना गरको कार्यक्रममा बोल्दै नेता बस्नेतले भदौ २३ गतेसम्म महाधिवेशन गर्न नसके संवैधानिक हैसियत कांग्रेसको समाप्त हुने दावी गर्नुभयो । भदौ २४ गतेपछि रामचन्द्र पौडेल पक्षले समेत देउवालाई सभापति नमान्ने घोषणा गरिसकेको उल्लेख गर्दै नेता बस्नेतले आफ्नै पार्टीका नेता सभापति त नमानेको मानिसलाई जनताले कसरी प्रधानमन्त्री मान्ने भनि प्रश्न गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘भदौ २३ पछि संवैधानिक रुपमा कांग्रेसको अस्थित्व संकटमा पर्छ । उक्त समयसम्म महाधिवेशन गर्न नसके पार्टी खारेज हुन्छ । अनि कांग्रेसले नाम फेरेर आउनेपर्छ, रुख चिन्ह हैन, सिस्नो चिन्ह लिएर आउनुपर्छ । सामचन्द्र पौडेल पक्षले भन्न थाले, २४ गते पछि देउवालाई सभापति मानिन्दैन । त्यसैले रामचन्द्रले त सभापति नमानेपछि जनताले कुन हैसियतले देउवालाई प्रधानमन्त्री मान्ने रु भदौ २४ पछि देउवा जी कुन अवतारमा आउनुहुन्छ रु गाउँघर तिर किसानहरुले जनवार तथा पशुपंक्षिहरुले बाली विगार्छन भनेर बुख्याचा बनाउने चलन हुन्छ बारीमा । बुख्याचालाई आवश्यक पर्ने सवैथोक लगाईदिएको हुन्छ । त्यसैले शेरबहादुर जी तपाई भदौ २४ पछि प्रधानमन्त्री हैन, बुख्याचा हुँदै हुनुहुन्छ । एमालेलाई नष्ट गर्ने तपाईको अभियान पनि बुख्याचामा परिणत हुँदै छ ।’

May be an image of 3 people and people standing
गरिव, भूमिहिन, सुकुम्वासीलगायतका जनताको लागि देउवा सत्रुको रुपमा आएको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले विगतमा मनमोहनलाई पनि सोही अनुसार सरकारबाट हटाई देउवाले नै सकुम्बासीलाई जग्गा धनिपुर्जा पाउनबाट बञ्चित गराएको अहिले पनि तिनै देउवाले सोही अनुसार लाखौं भूमिहिनलाई धनिपुर्जा पाउनबाट बञ्चित गराएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

May be an image of 3 people and outdoors

सकुम्बासीले हाम्रो नागरिकता पनि फिर्ता लैजाउन, जग्गा पनि फिर्ता लैजाउन भन्न थालेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारी जग्गाहरु कब्जा गरी आफ्नो आफन्तलाई दिएको खुलासा गर्नुभयो । सरकारी जग्गा आफन्तलाई दिई हुकुमवासी भएको उल्लेख गर्दै नेता बस्नेतले सकुम्वासीहरुले प्रचण्डको घर घेर्ने दिन आउने चेतावनी समेत दिनुभयो ।

चितवनबाट आगामी निर्वाचनमा प्रचण्डको जमाना जफत हुने भएकाले आयोग विघटन गरेको आरोप लगाउँदै नेता बस्नेतले पाँच हजार सुकुम्वासी घरपरिवारले जग्गा पाउने भएसँगै प्रचण्डको योजनामा एमालेसँग रिसइवि साँध्न आयोग नै विघटन गरिदिएको भन्दै आक्रोस जनाउनुभयो । कांग्रेस माओवादीले आयोग विघटन गरेसँगै भूमिहिन २१ खालभन्दा बढिले एमालेलाई भोट हाल्ने निश्चत भएको समेत दावी गर्नुभयो ।

नेपालमा एमाले रहुन्जेलसम्म कांग्रेस, माओवादी लगायतको गठबन्धनले सैनिक ‘कु’ गर्न नसक्ने उल्लेख गर्दै नेता बस्नेतले भन्नुभयो, ‘धेरै मनका लड्डुहरु नखानुस, एमाले शसक्त प्रतिपक्षमा छ । गठबन्धनको योजनालाई चकनाचुर बनाउने छौं ।’

निर्वाचनसम्म माओवादी दुई टुक्रा हुने हुने दावी गर्दै नेता बस्नेतले दुई टुक्रा भएको माओवादीको एक टुक्रा एमालेमा प्रवेश गरी एकिकृत कम्युनिष्ट पार्टी निर्माण भई केपी ओली तथा एमालेले मुलुकको विकास र समृद्धिको पक्षमा देखेका सम्पूर्ण योजनाहरु अझ व्यवस्थित रुपमा पुरा गर्ने स्पष्ट पार्नुभयो । उहाँले जहाँ युवा, त्यहाँ युवा संघ, जहाँ जनता, त्यहाँ एमाले अभियान लिएर अगाडी बढ्ने उद्घोष समेत गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस