• २०८३ मङ्सिर ३ गते बुधवार

ट्याक्टर दुर्घटनामा परी सुर्खेतका एक जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, सुर्खेत । ट्याक्टर दुर्घटनामा परी सुर्खेतमा  वीर परियारको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीयका वीर परियार रहेका छन् ।

कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट –तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर सडकदेखि  एक सय मिटर तल खसेको थियो ।  प्रदेश ट्राफिकका अनुसार सवारी दुर्घटनामा चालक सहित तीन जना व्यक्ति घाइते भएका थिए ।कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा चालक परियारको सोमबार बिहान मृत्यु भएको हो ।

घाइतेहरुको   प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस