• २०८३ बैशाख ४ गते शुक्रवार

छात्रामाथि बलात्कार गर्ने मोलबी पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, पटना। भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ। युवतीको साथ मौलवीको अश्लिल भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युपी प्रहरीले मौलवीलाई पक्राउ गरेको हो।

घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामिण) विवेक चंद्र यादवले भने, ‘बलात्कारको घटना दुई वर्षअघि भएको थियो जब ती युवती ज़ब्बार नाम गरेको मौलवीसँग क्लास लिन गएकी थिइन्।’ न्युज एजेन्सीका अनुसार पुलिसले आरोपीले युवतीको केही भिडियो बनाएको थियो। त्यही भिडियो देखाएर आफूसँग सम्बन्ध बनाउन युवतीमाथि मोलबीले दवाव दिइरहेका थिए।

रिपोर्टका अनुसार आरोपी मंसूरी थाना क्षेत्रअन्तर्गत एक मस्जिदमा मौलवी हुन्। प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस