• २०८३ बैशाख २५ गते शुक्रवार

कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

योसँगै कतारले पहिला बलिङ गर्ने भएको छ । नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।

यस खेलको नेपालको प्लेइङ ११- रोहित पौडेल(कप्तान), आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरो, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव ।

Sharing

प्रतिक्रिया दिनुहोस