• २०८३ जेष्ठ ९ गते शनिवार

प्रधानमन्त्री कार्कीबाट अवकाश लिन लागेका मुख्यसचिव अर्यालको बिदाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश लिन लागेका मुख्यसचिव एकनारायण अर्याललाई बिदाई गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक समारोहबीच प्रधानमन्त्री कार्कीले अर्याललाई बिदा गरेकी हुन् । त्यस क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनको आगामी जीवन सुखमयको कामना गरेकी छन् ।सरकारले नयाँ मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस