२०८१/४/२८ (महेन्द्र सिंह) आइतबार राती साढे आठ बजेतिर नेपालगन्ज वार्ड न १८ स्थित रिवरसाइड होटलबाट प्रहरीले होटल संचालक टोपबहादुर बुढासहित यौनधन्दामा संलग्नलाई रंगेशात पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।
पक्राउपर्नेमा होटल संचालक टोप बहादुर बुढासहित चार जना यौनकर्मी महिला र पाँच जना पुरुष रहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि बहादुर . बिसीले जानकारी दिए । नेपालगन्जको अन्य होटलमा पनि यौन कार्य हुनथालेकाले बिहान, बेलुकी र राति प्रहरीले निगरानी गर्न थालेको प्रहरी निरीक्षक हरि बहादुर . बिसीले बताए । नेपालगन्ज बाँकेमा यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले कडाईका साथ नियन्त्रण अभियान चलाएको उनले बताए ।