• २०८३ बैशाख ९ गते बुधवार

एसीसी प्रिमियर कप : नेपालले मलेसियलाई ५ विकेटले पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ३०, काठमाडौं । साविक विजेता नेपालले एसीसी प्रिमियर कपमा मलेसियाविरुद्ध जित हासिल गर्दै विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए। ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे। कप्तान रोहितकुमार पौडेल २८, कुशल भुर्तेल २४ र दीपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा गुल्शनकुमार झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे। मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए। मोहम्मद वाफिक र पवनदीप सिंहले १/१ विकेट लिए।

त्यसअघि अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २) मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो। मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए। ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए। यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो।

जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस