चैत २९, काठमाडौं । आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हाे। इदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।