• २०८३ जेष्ठ ३ गते आइतवार

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई मिस वर्ल्डको उपाधि

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा २४ वर्षिया पाइस्कोभाले ताज पहिरिएकी हुन ।

बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले होस्ट गरेको उक्त कार्यक्रममा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी पाइस्कोभालाई मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले ताज लगाइदिइन् । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप घोषित भइन् ।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जिते । नेपालले यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै यात्रा तय गर्न सक्यो । तर, ‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस