भदौ १४, बर्दिया । प्रहरीले वेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको छ । गुलारिया नगरपालिका-९ स्थित सडक छेउमा वेवारिसे अवस्थामा राखिएको अन्दाजी १९ हजार रुपैयाँ मूल्य बराबरको ८.३ क्यूफिट काठ आइतबार प्रहरीले बरामद गरेको हो ।

सिमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त काठ फेला पारी बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।