• २०८३ बैशाख २७ गते आइतवार

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, कम्तीमा २१ जनाको ज्यान गयो, ४६ जना घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

ज्यान गुमाउने र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ । यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको क्वेटाका प्रहरी प्रमुख मुहम्मद बलोचले बताउनुभयो ।

रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस