मंसिर २९, दाङ । सोमबार बिहान् गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा दको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए । सोमबार विहान ६ बजेतिर तुलसीपुरको बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ ।
गाडीमा १६ जना यात्रुहरु भएको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।