• २०८३ असार ६ गते शनिवार

प्रतिनिधि सभाको सातौँ अधिवेशन आज शुरु हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

बैठककालागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । नेकपाभित्रको आन्तरिक विवाद समाधान नभएको अवस्थामा संसदको बैठक कसरी अघि बढ्ने भन्ने बिषय अझै टुंगो लागिसकेको छैन । सत्तारुढ दल नेकपाभित्र विवाद बढ्दै गएपछि संसदीय दलको अलग अलग बैठक बसेका छन । नेकपा दाहाल-नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसंदीय दलको नेतामा चयन गरेको छ भने यसअघि संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्र संसदीय दलको बैठकमा संसदभित्र सशक्त रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभएको छ।

नेकपा विभाजन भैनसकेको र विवाद चर्कँदै गएको अवस्थामा वस्न लागेको संसद बैठक कसरी अघि बढ्ला भन्ने आम चासो कायमै छ ।।

Sharing

प्रतिक्रिया दिनुहोस