बैशाख २७, काठमाडाैं । रोयल च्यालेन्जर्स बेंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २४२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनाएको हो।

बेंग्लुरुका ओपनर विराट कोहलीले सर्वाधिक ९२ रन बनाए। ४७ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे। रजट पाटीदार ५५, क्यामरुन ग्रिन ४६, दीनेश कार्तिक १८ रनमा आउट हुँदा स्वप्रिल सिंह १ रनमा अविजित रहे।